२५ बैशाख २०८१, मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो संसदीय दलको बैठक

प्रकाशित मिति :  31 January, 2024 1:35 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाले संसदीय दलको बैठक यही १९ माघ शुक्रबार बिहान ११ बजे बोलाएको छ ।

संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार बैठकमा छलफलका एजेण्डामा संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिक मुद्दा र विविध रहेको ले जानकारी दिए ।

संघीय संसदको बैठक २२ माघमा बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !