बुधबार नेप्सेमा २१ अंकको गिरावट
काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये एउटा उपसमुह बाहेक सबै उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार नेप्सेमा हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको ६३ करोड ८७ लाख ८२ हजार ६ सय ९१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन नेप्सेमा साम्लिङ पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.८७ प्रतिशतले बढेको छ ।
त्यस्तै आजको दिन मेन्छियम हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.८७ प्रतिशतले घटेको छ ।
कुल ३१३ कम्पनीको १४ करोड ७७ लाख ७ हजार १ सय २० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।








