पश्चिमी भूभागमा हिमपात
प्रकाशित मिति : 1 February, 2024 11:08 am
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भूभागमा वर्षा र हिमपात भइरहेको छ ।
गएरातिदेखि मुगु र हुम्लामा हिमपात सुरु भएको छ भने जुम्लामा पनि आज बिहानैदेखि हिउँ पर्न शुरु भएको छ । केही दिनयता अत्यधिक चिसो बढेपछि बुधवार रातिदेखि मुगुमा वर्षासँगै हिमपात सुरु भएको हो ।
त्यस्तै बाजुरामा आज बिहानदेखि वर्षा शुरु भएको महाशाखाले जनानएको छ । नेपालकै ठूलो तथा गहिरो ताल रारामा अहिले बिहान ७ बजेसम्म करिब १ फिट हिउँ परिसकेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
हिमपात भएपछि हिउँदै बाली लगाएर किसानहरुमा खुसीयाली छाएको छ । आकाशे पानीको पर्खाइमा रहेका किसान हिमपातले खुसी भएको कृषि विकास कार्यालयले जनाएको छ ।








