१४ बैशाख २०८१, शुक्रबार

बाँकेका सांसदहरुद्धारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण, तत्काल विशेष स्वास्थ्य टोली परिचालन गर्न माग

प्रकाशित मिति :  4 May, 2020 2:53 pm


काठमाण्डौं, २२ वैशाख ।

बाँकेबाट प्रतिनीधित्व गर्ने सांसदहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटी आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराईदिन माग गरेका छन् ।

एकै दिन १५ जना कोरोना संक्रमित भेटिएपछि उनीहरुले आज मन्त्रालयमै मन्त्री ढकाललाई भेटेर ध्याकर्षण गराएका हुन् ।

संघीय सांसदहरू मोहम्मद इश्तियाक राई, महेश्वर गहतराज , नन्दलाल रोकाया,पूर्व उपसभामुख पूर्णकुमार सुवेदी लगायतले स्वास्थ्य मन्त्री ढकाल र राज्यमन्त्री नवराज रावतलाई भेटेर बाँके जिल्लालाई तुरन्त आवश्यक सामग्रीसहित बिशेष स्वास्थ्य टोली परिचालन गर्न माग गरेका छन् ।

उनीहरुले परीक्षण  दर बढाउन अपिल समेत गरेका छन् । भेटका क्रममा मन्त्री ढकालले कोरोना प्रभावित बाँकेमा हिजो नै २ सय ५० किट पठाईसकेको  जानकारी दिएको सांसद राईले जानकारी दिए  ।

मन्त्री ढकालले  तेस्रो चरणको लागि अस्थायी हस्पिटल पनि बनाउने काम सुरु भइसकेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !