२ जेष्ठ २०८१, बुधबार

म्यानमारले थप ६ महिना लम्बायो संकटकाल

प्रकाशित मिति :  2 February, 2024 11:53 am


काठमाडौं । म्यानमारले संकटकाल ६ महिना थप गरेको छ । म्यानमारको राष्ट्रिय रक्षा र सुरक्षा परिषद्ले दक्षिणपूर्वी एशियाली देशमा आपतकालिन अवस्थालाई ६ महिना थप गरेको हो ।

कार्यवाहक राष्ट्रपति यू मिन्ट स्वेले एनडीएससीको बैठकमा आपतकालिन अवस्था ६ महिना लम्ब्याइएको घोषणा गर्नुभयो । देशको असामान्य परिस्थितिका कारण राज्यको संविधानको धारा ४२५ बमोजिम म्याद थप गरिएको बताइएको छ ।

बैठकमा टेलिकम ठगी नियन्त्रण, देशको विकास र शिक्षा क्षेत्रको प्रवद्र्धन, निर्वाचनको तयारी र राष्ट्रिय जनगणनाको तयारीका विषयमा पनि छलफल भएको बताइएको छ ।

म्यानमारले फेब्रुअरी २०२१ मा एक वर्षको लागि आपतकाल घोषणा गरेको थियो । त्यसपछि यसलाई यस वर्ष जनवरी ३१ सम्म चार पटक गरेर बढाएको थियो ।



प्रतिक्रिया दिनुहोस !