सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिङ्ग भयोः उपाध्यक्ष पौडेल
प्रकाशित मिति : 3 February, 2024 11:45 am
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन्।
शनिवार रुपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता—२०८० को अवसरमा बोल्दै उनले अहिले देशको राजनीति बिग्रिरहेको दाबी गरे।
पौडेलले राजनीति संग्लो नभएसम्म देश ठिक ढंगबाट अघि बढ्न नसक्ने चर्चा गर्दै उनले सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग र भताभुंग भएको बताए।
पौडेलले भने, “देश धेरै अफ्ठ्यारो अवस्थामा छ । खासगरी सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग छ । भताभुंग भएको छ । यसलाई लयमा फर्काउनु पर्ने ट्रयाकबाट हिँडाउनुपर्ने चुनौति र परिस्थिति छ ।”
उपाध्यक्ष पौडेलले बिग्रिएको राजनीतिलाई लयमा फर्काउनु पर्ने चुनौतिपूर्ण परिस्थिति रहेको बताए।
—न्युज एजेन्सी नेपाल








