२० मंसिर २०८२, शनिबार

गुल्मीको मदाने गाउँपालिका अध्यक्ष कुँवरद्वारा क्यान्सर पीडितलाई सहयोग

प्रकाशित मिति :  3 February, 2024 7:03 pm


गुल्मी । गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले क्यान्सरका विरामी अर्जुन थापालाई आर्थिक सहयोग सहयोग गरेका छन् ।

मदाने गाउँपालिका वडा नं ४ का ५२ वर्षीय थापालाई अध्यक्ष कुँवरले २० हजार रुपैयाँ सहयोग गरेका हुन् । थापा केही महिनादेखि टाउकोको क्यान्सरबाट पीडित छन् ।

नेपाली काँग्रेस मदाने गाउँपालिकाका सभापति समेत रहेका अध्यक्ष कुँवरले गाउँपालिकाबाट प्राप्त हुने आर्थिक सुविधा वापतको रकम छुट्टै खाता खोलेर पार्टीको सिफारिसमा सामाजिक कार्य र मानवीय सहयोगमा खर्च गर्दै आएका छन् ।

क्यान्सर पीडित थापालाई पनि उनले त्यसै अनुसार सहयोग गरेका हुन् । पार्टीले गर्ने निर्णय र सिफारिसका आधारमा रकम खर्च गर्ने गरिएको कुँवरले बताए ।



प्रतिक्रिया दिनुहोस !