२५ बैशाख २०८१, मंगलबार

युएस–ब्रिटिस लडाकु विमानद्वारा यमनको हुथी शिविरमा आक्रमण

प्रकाशित मिति :  4 February, 2024 9:11 am


काठमाडौँ। यमनको राजधानी सानामा रहेको हुथी शिविरमा शनिवार राति हवाई हमला भएको बासिन्दाहरूले बताएका छन् । हवाई हमलाहरू साना वरपरका शिविरहरूमा प्रहार भएको थियो ।

धेरै लडाकु विमानहरूको आवाज शहरमा सुनिएको बासिन्दाहरुले बताएका छन् । राजधानी वरपरका उत्तरी र दक्षिणी पहाडमा विस्फोट भएको स्थानीयवासीले बताएका छन् ।

हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीका अनुसार हवाई हमलाहरू हुथी समूहद्वारा नियन्त्रित दुवै सैन्य शिविर अल–नाहदिन र अत्तान पर्वतमा भएको थियो । ती पहाडहरू नजिकका बासिन्दाहरूले विस्फोटहरू धेरै शक्तिशाली भएको बताए ।

अमेरिकी सेनाले शनिवार राजधानी सानासहित यमनका विभिन्न स्थानहरूमा ३० भन्दा बढी हुथीहरूलाई मारेको छ ।

–सिन्ह्वा/न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !