६ पुस २०८२, आइतबार

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति :  5 February, 2024 12:34 pm


काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुन र चाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरण अनुसार छापावाला सुनको मुल्य तोलामा ४०० रुपैयाँ घटेर प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १७ हजार ९५० रुपैयाँ रहेको छ ।

महासंघले दिएको विवरणमा आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलाको १३९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले कमी आएर तोलाको १३९० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !