२६ बैशाख २०८१, बुधबार

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या २७ हजार ३६५ पुग्यो

प्रकाशित मिति :  5 February, 2024 2:40 pm


काठमाडौँ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या २७ हजार ३६५ पुगेको छ । साथै ६६ हजार ६३० जना घाइते भएका छन् ।

गत २४ घण्टामा इजरायली सेनाले गाजामा १२७ प्यालेस्टाइनी मारेको र १७८ जना घाइते भएको मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले बताए ।

अक्टोबर ७, २०२३ देखि इजरायलले दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको बदला लिन गाजामा हमास बिरुद्ध ठूलो मात्रामा सैन्य आक्रमण गरिरहेको छ । जसमा इजरायली अधिकारीहरूका अनुसार लगभग १ हजार २ सय इजरायलीहरूको ज्यान गएको छ ।



प्रतिक्रिया दिनुहोस !