संक्रमणकालिन न्यायसँग सम्बन्धित विधयेकको विषयमा सांसदहरूसँग कानून मन्त्रीको छलफल
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकको सम्बन्धमा कानून, न्याय तथा मानव अधिकार समितिका सांसदहरूसँग छलफल गरेका छन् ।
मन्त्री गुरुङले सोमवार कानून, न्याय तथा मानव अधिकार समितिका सांसदहरूसँग अनौपचारिक रूपमा संक्रमणलिन न्यायसँग सम्बन्धित विधेयकको सम्बन्धमा छलफल गरेका हुन् ।
छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई टुंगोमा पु¥याउनका लागि सरकारको तर्फबाट भइरहेका कसरतहरूको बारेमा जानकारी गराएका थिए ।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कानून, न्याय तथा मानव अधिकार समितिका सदस्य महेश बर्तौलाले मन्त्री गुरुङले प्रस्तुत गरेका कसरतहरू सकारात्मक रहेको बताए । उनले आफूहरूले पीडितमैत्री कानून बनाउने कुरामा जोड दिएको पनि बताए ।
छलफल पछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै कानून, न्याय तथा मानव अधिकार समिति सदस्य सन्तोष परियारले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा असहमतिका बुँदाहरूमाथि छलफल भएको बताए ।
उनले सरकारको तर्फबाट मन्त्रीले केही विकल्पहरू प्रस्तुत गरेकाे र पीडितमैत्री कानून बनाउने सन्दर्भमा राम्रो छलफल भएको बताए ।








