२० मंसिर २०८२, शनिबार

यो अवधिवेशन बढीभन्दा बढी विधेयकहरू पारित गर्नमा केन्द्रित हुन्छः प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  5 February, 2024 6:06 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको चालु अधिवेशन बढीभन्दा बढी विधेयकहरू पारित गर्ने कुरामा केन्द्रित हुने बताएका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले संसदको चालु अधिवेशनमा बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताएका हुन् ।

उनले संसद अधिवेशनको शुरुवात राम्रो वातावरणमा सुरू भएको प्रतिक्रिया दिए । उनले भने, “यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ । आज राम्रो वातावरणमा सुरू भएको छ । अब अगाडी बढ्छ ।”

संघीय संसदको दुवै सदनको अधिवेशन आज (सोमवार) देखि सुरू भएको छ ।



प्रतिक्रिया दिनुहोस !