२१ मंसिर २०८२, आइतबार

प्रतितोला ५०० रुपैयाँ घट्यो सुनको मूल्य

प्रकाशित मिति :  6 February, 2024 11:38 am


काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरणमा आज मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँ कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघले जारी गरेको विवरणमा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर तोलाको १३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !