१८ बैशाख २०८१, मंगलबार

संघीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त

प्रकाशित मिति :  4 May, 2020 7:19 pm


काठमाण्डौं, २२ वैशाख ।

संघीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका  छन् ।
सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा.गौतमलाई महासचिवमा नियुक्त गरेकी हुन् । गौतमको आजै सिफारिस भएको थियो ।

यसअघिका महासचिव मनोहरप्रसाद भट्टराई चैत २ गते सेवा निवृत्त भएपछि कार्यवाहक महासचिवको जिम्मेवारी गोपालनाथ योगीले सम्हाल्दै आएका थिए । योगीलाई कार्यवाहको जिम्मेवारी दिएपछि विवाद समेत भएको थियो ।

संघीय संसदको महासचिव राजनीतिक नियुक्तिको पद भएपनि डा.गौतम भने सचिवालयकै कर्मचारीबाट महासचिव नियुक्त भएका हुन् ।  डा.गौतम संसद सचिवालयका सचिव हुन् ।



प्रतिक्रिया दिनुहोस !