२३ बैशाख २०८१, आइतबार

राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी छः सांसद पुन

प्रकाशित मिति :  8 February, 2024 7:42 am


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन्।

बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पुनले राष्ट्रिय सभाको शक्ति सन्तुलन अनुसार माओवादी केन्द्रले अध्यक्ष दाबी गर्नु प्राकृतिक भएको बताए।

राष्ट्रिय सभाको शक्ति सन्तुलनअनुसार नै छलफल गरेर जाने गरी माओवादी केन्द्रले सत्तारुढ गठबन्धन र अन्य दलहरुसँग छलफल गरेर अघि बढ्ने पुनले बताए।

उनले भने, “प्राकृतिक रुपले हेर्दा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले दाबी गर्ने अवस्था छ । हाम्रो दाबी पनि रहेको छ । माओवादी केन्द्रको दाबी छ । यसमा हामी सत्तारुढ गठबन्धनमा छलफल गर्छौं । र अरु दलहरुसँग पनि छलफल गर्छौ ।”

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले माईतीघर मण्डलालाई निषेधित गर्नु नहुने पनि बताए। उनले लोकतन्त्रमा जनतासँग सरकार डराउनु नहुने भन्दै निषेधित क्षेत्र तोक्ने सन्दर्भमा सरकार लचिलो हुनुपर्ने बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !