विश्व सूचना प्रविधिमा अघि हुँदा हामी पछि परेको छौँः मन्त्री शर्मा
काठमाडौँ । संचार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले विश्व सूचना प्रविधिमा अघि हुँदा हामी पछि परेको बताएकी छन् ।
क्यान महासंघको आयोजनामा आजदेखि सुरु भएको २९ औँ क्यान इन्फो टेक २०२४ को उद्धघाटन समारोहमा बोल्दै मन्त्री शर्माले विश्वले सूचना प्रविधिको प्रयोग गरेर आफ्नो देशलाई अर्थतन्त्र बलियो बनाएको बेला नेपालले पनि यस बारे गम्भीर रुपमा सोच्ने बेला आएको बताएकी हुन् ।
उनले भनिन्, “यस क्षेत्रबाट आर्थिक विकास कसरी गर्न सकिन्छ भनेर मन्त्रालयले गम्भीर रुपमा सोचेको छ । कसरी आर्थिक समृद्धि गर्न सकिन्छ भनेर अघि बढेका छौँ । यस्तो अवस्थामा सूचना प्रविधि क्षेत्रमा विकास भएको नयाँ नयाँ प्रविधिको बारेमा अन्तक्रिया कार्यक्रम गरेकोमा क्यान महासंघलाई धन्यावाद दिन चाहान्छु ।”
उनले महासंघले सूचना प्रविधि क्षेत्रमा देखिएको समस्यामा सरकारको ध्यानकर्षण गर्नुका साथै यो क्षेत्रको विस्तारको लागि काम गर्दै आएकोमा प्रंशासा गरेकी छन् ।
“यो क्षेत्रमा निजी क्षेत्र र सरकार सहकार्य गरेर अघि बढ्नुपर्छ । इन्फो टेकमा नयाँ नयाँ प्रविधिको विकाससँग डिजिटल नेपाल फेर्मर्वाकको विषयलाई पनि विषयलाई समेट्नु भएको रहेछ । यी क्षेत्रमा प्रविधिको विकास गर्न सके ठूलो सफलता पाउने छ,” उनले भनिन्,“२०७६ मा डिजिटल नेपालको र्फमवार्क कार्यन्वयनमा ल्याएपनि यसलाई थप प्रभावकारी बनाउन सकिएको छैन । यो कार्यक्रमले थप सहयोग गर्ने छ ।”
उनले सरकारले १६ औं राष्ट्रिय योजनाको गृहकार्य गरेको र अबको लगानी सूचना प्रविधि क्षेत्रमा गर्न सकयौँ भने अर्थतन्त्र बलियो हुने भनेर योजना बनाउँदा यस क्षेत्रलाई समेत समेट्ने बताइन् । उनेल भनिन्, “नयाँ बजेको निर्माणको लागि पनि काम गर्दै छौँैँ । यो बेला संचार मन्त्रालयले यस क्षेत्रको नीतिगत कुरामा कसरी अघि बढ्दा राम्रो हुन्छ भन्ने विषमा तपार्इँहरुसँग सहकार्य गर्न सक्छौ,”उनले भनिन् ।
मन्त्री शर्माले यस क्षेत्रका ठूलो युवा जमतले सेवा निर्यातमा ठूलो योगदान दिदैँ आएको बताउँदै उनीहरुलाई प्रोत्साहन गर्नको लागि समेत सरकारले सहज नीति ल्याउने बताइन् ।
उनले यस क्षेत्रेका युवा अहिले विदेश जाने जमात पनि बढदैँ गएको र यो क्षेत्रको जनशक्तिलाई रोक्नको लागि रोजगारीको सिर्जनाको लागि आवश्यकता रहेको बताइन् ।
उनले भनिन्,“देशभित्रै बसरे सेवा निर्यात कसरी गर्न सकिन्छ भन्ने तर्फ हामीले ध्यान दिदैँ आएका छौँ । वैदेशिक प्लायनलाई रोक्नको लागि काम गर्दै छौँ । सरकारले स्टार्ट अप कर्जा पास गरेको छ। यसको निम्ती क्यानसँग सहकार्य गरेर अघि बढ्छौँ ।”








