१७ बैशाख २०८१, सोमबार

सन् २०२२ मा भारतमा साइबर अपराधमा २४ प्रतिशतले वृद्धि

प्रकाशित मिति :  9 February, 2024 10:35 am


काठमाडौँ । भारतले २०२१ को तुलनामा २०२२ मा साइबर अपराधमा २४ प्रतिशतभन्दा बढी वृद्धि भएको बताएको छ । २०२० को तुलनामा ३१ प्रतिशतले बढेको तथ्यांकले देखाएको हो ।

सन् २०२२ मा, दक्षिणी राज्य तेलंगानाबाट सबैभन्दा बढी १५ हजार २९७ साइबर अपराधहरू भएको छन् । दक्षिणी राज्य कर्नाटकमा १२ हजार ५५६ र उत्तर प्रदेशमा १० हजार ११७ अपराधहरू भएको तथ्यांक छ ।

गृह राज्यमन्त्री अजयकुमार मिश्रले संसदमा संघीय सरकारले मुलुकमा हुने सबै प्रकारका साइबर अपराधलाई समन्वित र वृहत रूपमा व्यवस्थापन गर्न विभिन्न पहल गरेको बताए ।

उनले साइबर अपराध नियन्त्रणका लागि संघीय सरकारले हालसम्म ३ लाख २० हजारभन्दा बढी सिमकार्ड र ४९ हजार इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) ब्लक गरेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !