५ जेष्ठ २०८१, शनिबार

शनिवारको मौसमः तीन प्रदेशका उच्च पहाड र हिमाली भेगमा हिमपात, तराईमा हुस्सु

प्रकाशित मिति :  10 February, 2024 6:46 am


काठमाडौँ । शनिवार शनिवारको मौसमः तीन प्रदेशका उच्च पहाड र हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका धेरै स्थानहरूमा बिहानदेखि नै हुस्सु÷कुहिरो लागिरहेको छ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हिमपात, हुस्सु र चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !