५ जेष्ठ २०८१, शनिबार

अर्थतन्त्रको संरचनामा परिवर्तन गर्न आवश्यक छः पूर्वसभामुख सापकोटा

प्रकाशित मिति :  10 February, 2024 1:26 pm


काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आर्थिक क्षेत्रमा र्‍याडिकल रिफर्म ९अर्थतन्त्रको संरचनामा परिवर्तन० गर्नुपर्ने बताएका छन् ।

शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै सापकोटाले परम्परागत बजेट, योजना निर्माणका ढाँचाहरुमा परिवर्तन गरेर र्‍याडिकल रिफर्मको आवश्यकता रहेको बताएका हुन् । चीनबाट गरिबी निवारण र आर्थिक विकासबारे धेरै कुरा सिक्न आवश्यक रहेको उनले बताए । चीनसँग प्रविधिका बारेमा पनि धेरै कुराहरू सिक्नुपर्ने उनको भनाइ छ ।

“चीन हाम्रो छिमेकी राष्ट्र जहाँ गरिबी निवारण र आर्थिक विकासमा चमत्कार गरिरहेको छ, त्यस अर्थमा पनि हामीले त्यहाँको प्रविधि सिक्ने हिसावले, आर्थिक विकासबाट सिक्ने हिसावले पनि यो धेरै महत्वपूर्ण छ । हामीले नाकाहरु सुचारु गर्न, तातोपानी, केरुङ लगायतका नाकाहरु सुचारु गर्नका लागि धेरै मिहेनत गरेका छौं,” उनले भने ।

पूर्वसभामुख सापकोटाले कूटनीतिक कौशलबाट सीमासम्बन्धी सबै समस्या समाधान गर्न सकिने बताए ।



प्रतिक्रिया दिनुहोस !