५ जेष्ठ २०८१, शनिबार

केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधार सुधार गर्नुपर्छः अध्यक्ष ढकाल

प्रकाशित मिति :  10 February, 2024 1:35 pm


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधारलाई सरकारले उच्च प्राथमिकता दिएर व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडाैँमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले नेपाल–चीन जोड्ने अहिले सञ्चालनमा रहेका व्यापारिक नाकाहरू जाने सडक पूर्वाधारहरू तुलनात्मक रूपमा कमजोर रहेको बताए ।

उनले सरकारले चीनसँगको व्यापार व्यवसायलाई सहज बनाउनको लागि सबै भन्दा पहिला सडक सञ्जाललाई व्यवस्थित बनाउनुपर्ने बताए ।। अध्यक्ष ढकालले नाकासम्म जोड्ने सडक पूर्वाधारलाई व्यवस्थित बनाउँदै विकास गर्न आवश्यक देखिएको उल्लेख गरे ।

अध्यक्ष ढकालले प्रधानमन्त्रीको चीन भ्रमणको समयमा भएका सम्झौताहरूले नाकाहरु सहज रूपमा अगाडि बढाउने र नयाँ नाका खोल्ने सम्झौताहरू भएकाले नेपालको व्यवसायीक गतिविधि बढाउन धेरै भुमिका निर्वाह गर्ने अपेक्षा रहेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !