२० बैशाख २०८१, बिहिबार

कोरोना: विश्वभर मृतकको संख्या २ लाख ५० नाघ्यो, रसियामा तीन स्वाथ्यकर्मी झ्यालबाट हाम फाले

प्रकाशित मिति :  5 May, 2020 7:51 am


एजेन्सी, २३ वैशाख ।

विश्वभर कोरोना भाइरसबाट मर्नेको संख्या २ लाख ५० हजार पार गरेको छ  ।

ताजा तथ्याङ अनुसार विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५१ हजार ३ सय ६५ पुगेको   छ । संक्रमित संख्या ३५ लाख ८० हजार २ सय ४७ छ । अमेरीकामा मात्रै कोरोनाका कारण ६८ हजार ९ सय २० जनाले ज्यान गुमाएका छन् ।

युरोपमा सबैभन्दा प्रभावित इटलीमा २९ हजार ७९ र स्पेनमा २५ हजार ४ सय २८ जनाको मृत्यु भएको छ । यस्तै युकेमा २८ हजार ७ सय ३४ र फ्रान्समा २५ हजार १ सय ६८ जनाको ज्यान गएको छ । अमेरीकामा संक्रमित संख्या ११ लाख ८० हजार ३ सय ३२ पुगेको छ ।

यसैबीच, रसियामा तीन जना स्वास्थ्यकर्मी अस्पतालको झ्यालबाट हाम फालेका छन् ।

कोरोना महामारीको उपचारको अग्रभागमा  खटिएका तीन स्वास्थ्यकर्मीले पछिल्लो २ हप्ताभित्र झ्यालबाट हाम फालेका छन् जसका कारण दुईजनाको मृत्यु भएको छ भने एक जनाको गम्भीर अवस्थामा अस्पतालमा उपचार भईरहेको छ ।

तीनवटा घटनाले रुसमा स्वास्थ्यकर्मीको अवस्थाबारे प्रश्न उठेको सीएनएनले जनाएको छ । रुसमा अहिलेसम्म १ लाख ४५ हजार २ सय ६८ जना कोरोना संक्रमित बनेका छन् भने १३ सय ५६ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा ४६ हजार ४ सय ३७ जना संक्रमित बनेका छन् र अहिलेसम्म १५ सय ६६ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !