५ जेष्ठ २०८१, शनिबार

तीन प्रदेशमा हिमपात हुन सक्ने, तराईमा बाक्लो हुस्सु र कुहिरो

प्रकाशित मिति :  11 February, 2024 7:23 am


काठमाडौँ। आइतवार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

चिसो, हिमपात र हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले सजक रहन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !