१६ बैशाख २०८१, आइतबार

आजदेखि पाँचौ चतुर्भुज महोत्सव, यी कलाकार पुग्दैछन् रोल्पा

प्रकाशित मिति :  11 February, 2024 8:45 am


काठमाडौँ। काठमाडौँ । आज (आइतवार) देखि रोल्पाको खुङ्ग्रीमा पाँचौ चतुर्भुज माण्डवी कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव २०८० सुरु हुँदैछ।

सुनिलस्मृति गाउँपालिका वडा नं. २ खुङ्ग्री मुख्य कार्यालय रहेको चतुर्भुज युवा क्लवको आयोजनामा हुने मेला फागुन ७ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीय कृषि तथता मौलिक उत्पादन, कला, संस्कृति र पर्यटन प्रवर्धन गरिने भएको छ।

मेलामा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने मेला संयोजक श्यामलाल भारतीले जानकारी दिए।

मेलामा नायक पल शाह, धुर्मुस सुन्तली, बद्री पंगिनी, खुमन अधकिारी, रामजी खाँड, प्रकाश दुतराज, एलिया चौहान, टिका पुन लगायतका ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने भएको छ।

रोल्पा जिल्ला घर भई ख्यातीप्राप्त कलाकारहरु शान्तिश्री परियार, ज्योती मगर, हरि डाँगी लगायतका कलाकार पनि चतुर्भुज पुग्नेछन्। टंक तिमिल्सिना, लक्ष्मी रानामगर, पूरा पुरी, लालुमाया कवँर, हरि पुन, आरुशी मगर, अमर दर्लानी मगर, विजय पुन, राशी रिजाल, अनुप बुढामगर, दिलु सुनार, भट्भटे माइला लगायतका कलाकार यस अवधिमा रोल्पा पुग्ने भएका छन्।

करिब २०० स्टल रहने महोत्सवको एक लाख दर्शकले अवलोकन गर्ने तथा करिब रु १ करोडको कारोबार हुने अनुमान गरिएको भारतीले बताए ।

हरेक दिन मेला बेलुका ६ः३० सम्म चन्ने क्लवले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !