१७ बैशाख २०८१, सोमबार

अपराधीलाई माफी दिएको आलोचना भएपछि हंगेरीका राष्ट्रपतिद्वारा राजीनामा

प्रकाशित मिति :  11 February, 2024 10:38 am


काठमाडौँ । हंगेरीका राष्ट्रपति क्याटालिन नोभाकले बाल यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका व्यक्तिलाई माफी दिएको विषयमा आलोचना भएपछि राजीनामा दिएकी छन् ।

राष्ट्रपति केटलिन नोभाकले टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेकी हुन् ।

गतहप्ता राष्ट्रपति नोभाकले सरकारी बाल गृहका निर्देशकविरुद्ध यौन दुर्व्यवहारको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिने एक व्यक्तिलाई माफी दिएको खुलासा भएको थियो । उनको निर्णयको हंगेरीमा विरोध बढ्दै राजीनामाको माग भइरहेको थियो।

राष्ट्रपति नोभाकले देशवासीलाई सम्बोधन गर्दै आफूबाट गल्ती भएको बताउदै निर्णयप्रति खेद व्यक्त गर्दै पदबाट राजीनामा दिएको बताइन् ।



प्रतिक्रिया दिनुहोस !