५ जेष्ठ २०८१, शनिबार

यस्तो छ पाकिस्तानको आम चुनाव २०२४ को अन्तिम नतिजा

प्रकाशित मिति :  12 February, 2024 7:47 am


काठमाडौँ। पाकिस्तानको निर्वाचन आयोगले फेब्रुरुअरी ८ मा भएको पाकिस्तानको आम निर्वाचन २०२४ को पूर्ण परिणाम घोषणा गरेको छ ।

राष्ट्रिय सभा ९एनए० वा देशको संसदको तल्लो सदनका लागि घोषित निर्वाचन परिणामअनुसार स्वतन्त्र उम्मेदवारहरूले १०१ सिट, पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले ७५ सिट प्राप्त गरेको छ ।

पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी संसदीय दलले ५४ सिट प्राप्त गरेको छ । मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तानले १७ सिट, जमियत उलामा–ए–इस्लाम पाकिस्तानले चार सिट, पाकिस्तान मुस्लिम लिगले तीन सिट, इस्तेहकाम–ए–पाकिस्तान पार्टी र बलुचिस्तान नेशनल पार्टीले दुई–दुई सिट पाएका छन् ।

ई–मुस्लिमीन पाकिस्तान, पाकिस्तान मुस्लिम लीग जिया–उल–हक शहीद०, पश्तुनख्वा नेशनल अवामी पार्टी पाकिस्तान, बलुचिस्तान अवामी पार्टी, पश्तुनख्वा मिलि अवामी पार्टी र नेशनल पार्टीले एक–एक सिट पाएको छ ।

निर्वाचन आयोगले आगामी फागुन ८ गते भएको निर्वाचनपछि राष्ट्रिय सभाका २६६ सिटमध्ये २६२ सिटको नतिजा आगामी पाँच वर्षे कार्यकालका लागि सरकार चयन गर्ने घोषणा गरेको थियो ।

देशको निर्वाचन आयोगले उम्मेदवारको मृत्यु भएपछि एक सिटको मतदान स्थगित गरेको र एक सिटको नतिजा रोकेर आंशिक पुनः मतदान गर्ने घोषणा गरेको हो ।



प्रतिक्रिया दिनुहोस !