५ जेष्ठ २०८१, शनिबार

सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंग्याओस्: सांसद गैरे

प्रकाशित मिति :  12 February, 2024 12:55 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्ग्याउनुपर्ने बताएकी छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गैरेले सरकारले शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो टुङ्ग्याएर समाजमा शान्ति स्थापना गर्नुपर्ने बताएकी हुन् ।

उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन ढिलाइ भइरहेको बताइन् । उनले इमानदार भएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सके समाजमा शान्ति स्थापना हुने जिकिर गरिन् ।

उनले भनिन्, “हामी कति गम्भीर छौँ, हाम्रो जिम्मेवारीप्रति भन्ने पनि सोच्नुपर्ने हुन्छ होला । यसै सन्दर्भमा पहिला हाम्रो ०६३र०६४ को कुरा जति बेला सात राजनीतिक दलहरूले १२ बुँदे सहमति गरेर शान्ति प्रक्रिया टुङ्ग्याउने काम गर्नुभयो । हाम्रो बिचमा गिरिजाप्रसाद कोइराला बाहेक त्यतिबेलाका सबै नेताहरू अहिले पनि हुनुहुन्छ ।कोही सेनामा छन्, कोही घर फर्किएका छन् । केही नपाउनेहरूलाई सत्य निरूपण तथा मेलमिलाप आयोगले टुङ्ग्याउने भनिएको थियो, त्यो काम हामीले अहिलेसम्म गर्न सकेनौँ । जसले गर्दा न्याय हरायो, न्यायको अनुभूति भएन भनेर मानिसहरू आवाज उठाइरहेका छन् ।”

उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन नसक्दा नागरिकहरूले न्यायको अनुभूति गर्न नसकेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !