५ जेष्ठ २०८१, शनिबार

अरुण चौधरीलाई छोड्ने न्यायाधीशलाई सरुवा होइन, कारबाही गर्नुपर्छ: विष्ट

प्रकाशित मिति :  12 February, 2024 1:01 pm


काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नरबहादुर बिष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई अपराधीको संज्ञा दिएका छन् ।

सोमवारको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिएको भन्दै न्यायधीशमाथि भ्रष्टाचारी र अपराधीको आक्षेप लगाएका हुन् ।

उनले आफूले छोड्न आदेश दिने न्यायाधीशको मुगु सरुवा गरेकोप्रति असन्तुष्टि जनाउँदै मुगु नेपाल नै भएकाले अनैतिक काम गर्नेलाई न्यायपरिषद्ले कारबाही गर्नुपर्ने माग गरे ।

उनले अपराधीलाई दण्ड दिनुपर्ने भन्दै सरुवाको सट्टा कारबाही गर्न माग गरे। उनले सरकारले थुप्रै राम्रा काम गर्दागर्दै पनि देशमा फेरि पनि भ्रष्टाचार र गरिबीले आक्रान्त बनाएको बताए ।

सरकारको चाहेको जस्तो सुशासन गठबन्धन सरकारका कारण सम्भव हुन नसकेको उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !