५ जेष्ठ २०८१, शनिबार

गृह मन्त्रालयले भन्यो:फागुन १ गते सार्वजनिक बिदा छैन

प्रकाशित मिति :  12 February, 2024 2:06 pm


काठमाडौँ । गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज (सोमबार) सूचना निकालेर फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको उल्लेख गरेका छन्।

संघीय सरकारले गत वर्ष जनयुद्ध दिवसका दिन फागुन १ मा बिदा दिएको थियो । तर सर्वोच्च अदालतले उक्त बिदा बदर गरिदिएको थियो।



प्रतिक्रिया दिनुहोस !