५ जेष्ठ २०८१, शनिबार

त्रिविका निमित्त उपकुलपति लम्साललाई तत्काल पदबाट हटाउनुपर्छः रास्वपा सांसद श्रेष्ठ

प्रकाशित मिति :  12 February, 2024 7:17 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन् ।

सोमवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले सो माग गरेकी हुन् ।

सांसद श्रेष्ठले निमित्त उपकुलपति भुसालले आफैं उपकुलपति हुने नियतका साथ गतिविधि गरेकाले उनलाई सरकारले तत्काल पदबाट हटाउनुपर्ने जिकिर गरे ।

उनले निमित्त उपकुलपति लम्सालले भागबण्डा गर्ने हिसावले त्रिविमा आफ्नो गतिविधि बढाएको भन्दै त्यस्ता व्यक्ति त्रिविको उपकुलपति हुन लायक नहुने दाबी समेत गरिन् । लम्सालको नाम त्रिविको उपकुलपति क्यान्डिडेटको सर्ट लिस्टबाट पनि हटाउनुपर्ने सांसद श्रेष्ठको भनाई थियो ।

सांसद श्रेष्ठले राजनीतिक भागबण्डाको आधारमा विश्वविद्यालयको गतिविधि गर्ने कुरा कानून सम्मत नहुने भएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।



प्रतिक्रिया दिनुहोस !