५ जेष्ठ २०८१, शनिबार

सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्नेकुरा सोच्न सकिँदैनः अध्यक्ष नेपाल

प्रकाशित मिति :  13 February, 2024 11:28 am


काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्नेकुरा सोच्न नसकिने बताएका छन् ।

सोमवार नेकपा (एकीकृत समाजवादी) मेधश प्रदेश कमिटी बैठकलाई जनकपुरधाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको बताए ।

उनले शक्ति सन्तुलनका लागि मात्रै अहिलेका गठबन्धनमा राजनीतिक दलहरूकाे एकतालाई बलियो बनाइएको बताए । उनले वर्तमान गठबन्धनलाई कसैले ढाल्न नसक्ने दाबी समेत गरे । अध्यक्ष नेपालले गठबन्धनको अहिले कुनै विकल्प नरहेको जिकिर गर्दै अध्यक्ष नेपालले लोकतन्त्र, संघीयता, संविधानका पक्षपोषकहरू एक ठाउँमा उभिएर अघि बढ्न आवश्यक रहेको पनि बताए ।

उनले आफ्नो पार्टीले नेकपा एमालेलाई शत्रु नठानेको भन्दै आफूलाई नोक्शान पु¥याउन खोजेमा प्रतिवाद मात्रै गर्ने गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !