५ जेष्ठ २०८१, शनिबार

जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छः प्रधानमन्त्री

प्रकाशित मिति :  13 February, 2024 1:05 pm


काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्ने बताएका छन् ।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनयुद्धको २९ औं वार्षिकोत्सव रहेको बताए । उनले जनयुद्ध ऐतिहासिक दिन भएकाले ऐतिहासिक सम्बोधन हुनुपर्ने बताउँदै अहिले दक्षिण एशियामा रामराज्यको बारेमा धेरै चर्चा भइरहेको बताए ।

उनले भने, “आज फाल्गुण १ गते महान जनयुद्धको २९ औं वार्षिकोत्सव । यो ऐतिहासिक अवसर पारेर जनयुद्ध कालमा बढो कठिन जटिल र चुनौतिमा पनि जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ भन्ने ऐतिहासिक जिम्मेवारी बोध गरेर ६ वटा पुस्तक विमोचन भएका छन् । अहिले दक्षिण एशियामा रामराज्यको बारेमा धेरै चर्चा छ । आज रामलल्लाको बारेमा त निकै धेरै चर्चा छ । यो ऐतिहासिक दिनको ऐतिहासिक सम्बोधन गर्नुभएको छ ।”

दाहालले पार्टीको विधान अधिवेशनमा जनयुद्धको बारेमा चर्चा गर्ने बताउए ।



प्रतिक्रिया दिनुहोस !