५ जेष्ठ २०८१, शनिबार

अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवस होः गृहमन्त्री श्रेष्ठ

प्रकाशित मिति :  13 February, 2024 1:46 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसका रूपमा मनाइने बताएका छन् ।

मंगलवारबाट काठमाडौँमा सुरू भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले यस वर्षको लागि सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि अदालतले अहिले जनयुद्ध दिवसमा बिदा दिनु उपयुक्त नहुने भन्दै त्यसलाई खारेज गर्दा अदालतको निर्णयलाई पालना गरेर जानु आफ्नो कर्तव्य भएको बताए ।

उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका श्रेष्ठले शान्ति प्रक्रियालाई पार गरिसकेपछि सरकारले अर्को निर्णय गरेर जनयुद्ध दिवसलाई सरकारी तर्फबाट नै औपचारिक रूपमा मनाउने स्थिति आउन सक्ने बताए ।

श्रेष्ठले अहिलेको उपलब्धिको रक्षा गर्नु आफूहरूको प्रमुख कार्यभार रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !