५ जेष्ठ २०८१, शनिबार

‘दक्ष र प्रतिष्पर्धी मानव स्रोत उत्पादनका लागि नयाँ विश्व विद्यालय स्थापना गर्न लागेका हौँ’

प्रकाशित मिति :  13 February, 2024 3:45 pm


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले दक्ष,सिर्जनशिल,उद्यमशिल तथा प्रतिष्पर्धी मानव स्रोत उत्पादन गर्न उत्कृष्ट प्राज्ञिक केन्द्र आवश्यक भएकाले नयाँ विश्व विद्यालय स्थापना गर्न लागेको बताएकी छन् ।

मंगलवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा भएको नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफाबार छलफलमा बोल्दै राज्य मन्त्री कुमारीले यस्तो बताएकी हुन् ।

उनले विभिन्न विधामा गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्ने भएकाले काठमाडौंको उपत्यका भन्दा बाहिर विश्वविद्यालय र केन्द्रिय कार्यालय रहने गरी विश्वविद्यालयको स्थापना गरी सञ्चालन गर्न आवश्यक देखिएको बताइन् ।

उनले उच्च शिक्षाको अध्ययन,अध्यापन तथा अनुसन्धान गुणस्तरिय र जीवन उपयोगी,नवप्रवद्र्धनकारी तथा समय सापेक्ष बनाउन आवश्यक रहेको उल्लेख गरिन् । उनले अन्तरविधात्मक आधारमा लिर्भरल आर्टसम्बन्धि विधामा गैरसरकारी क्षेत्रको सार्वजनिक विश्वविद्यालयबाट अध्ययन अध्यायपन र अनुन्धान हुँदा मुलुकको समृद्धिको लागि आवश्यक मूल्य र मान्यताका आधारमा उच्च स्तरको जनशक्ति उत्पादन हुने अपेक्षा रहेको बताइन् ।

उनले विधेयकमा विश्व विद्यालयको संगठन पदाधिकारी,विश्व विद्यालय र यसको केन्द्रिय कार्यालय काठमाडौं उपत्यका भन्दा बाहिर रहने व्यवस्था रहेको बताइन् ।

नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफाबार छलफलमा संशोधनकर्ता सांसदहरूले भने भएका विश्वविद्यालयहरूमा राजनीतिक चलखेल अन्त्य गर्नुपर्ने बताएका थिए ।

उनीहरूले नयाँ विश्व विद्यालयको आवश्यकता माथि प्रश्न समेत उठाएका छन् । उनीहरूले अहिलेसम्म विश्व विद्यालय कहाँ खोल्ने,कस्तो संरचना बन्ने,दायित्व कसले लिने भन्ने विषयमा निष्कर्षमा नपुगेको विधेयक अगाडि बढाउनुको औचित्य नभएको बताए ।



प्रतिक्रिया दिनुहोस !