१६ बैशाख २०८१, आइतबार

स्वरुपराजको स्वरमा नयाँ गीत ‘थाहा छैन’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति :  13 February, 2024 6:49 pm


काठमाडाैँ । लोकप्रिय गायक स्वरुपराज आचार्यको सुमधुर स्वरमा नयाँ गीत ‘थाहा छैन’ सार्वजनिक भएको छ । ध्रुव खनालको शब्द रचना रहेको यस गीतमा निरज कुमारको संगीतमा सजिएको छ ।

हिजाे (सोमबार) गीतलाई सगरमाथा डिजिटल्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको केही समयमै यस गीतलाई युट्युबमा ३ हजारभन्दा बढी पटक हेरिएको छ ।

सगरमाथा डिजिटल्स प्रालिले गीतलाई बजारीकरण गरेको हो । केशव रावल, वामदेव रेग्मी, प्रतीका शर्मा, प्रमिला जैशी, पूर्वराज जैशी लगायतले फिचरिङ गरेको यस गीतको भिडियोलाई शंकर राजले निर्देशन गरेका छन् । गीतको भिडियोमा शंकर राजले नै कथा बनाएका छन् ।

सगरमाथा डिजिटल्सले यसअघि झरनाको चिसो पानी, हिउँचुलीमा घाम लगायतका कालजयी गीतहरू सार्वजनिक गरिसकेको छ । नयाँ गीत पनि विगतको गीत जस्तै दर्शक तथा स्रोताले रुचाउने कम्पनीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !