१६ बैशाख २०८१, आइतबार

जेलमा रहेका थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा रिहा हुने

प्रकाशित मिति :  14 February, 2024 11:56 am


काठमाडौँ । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गरिने न्यायमन्त्री तावी सोडसोङले मंगलवार बताएका छन् ।

तावीले मन्त्रिपरिषद्को बैठकमा भाग लिनुअघि पत्रकारहरूलाई थाक्सिन यस महिना प्यारोलका लागि स्वीकृत भएका ९३० कैदीहरूमध्ये एक रहेको बताएका हुन् ।

७४ वर्षको वृद्ध ७० वर्ष भन्दा माथिको उमेर र गम्भीर बिरामी भएको कारण प्यारोलको लागि योग्य रहेको बताइएको छ । कम्तिमा छ महिनाको सजाय काटिसकेपछि थाक्सिन फेब्रुअरी १७ मा रिहा हुने अपेक्षा गरिएको छ । तहसिनले आफ्नो १५ वर्षभन्दा बढीको निर्वासन समाप्त गरी गत वर्ष अगस्टमा थाइल्याण्ड फर्किएका थिए ।

विभिन्न आरोपमा आठ वर्षको जेल सजाय सुनाइएको थियो । गत सेप्टेम्बरमा, थाई राजा महा वजिरालोङ्कोर्नले शाही माफीको लागि अनुरोध गरेपछि थाक्सिनको जेल सजाय एक वर्षमा घटाइएको थियो । थाक्सिनले सन् २००१ देखि २००६ सम्म दक्षिणपूर्वी एशियाली देशको प्रधानमन्त्रीको रुपमा काम गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !