आज एमाले सचिवालय बैठक बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने
प्रकाशित मिति : 15 February, 2024 8:22 am
काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्ने भएकाे छ।
समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।
नेताहरूका अनुसार बिहीबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको छ । बैठकका एजेण्डा र समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न बैठक बोलाइएको एमालेले जनाएको छ।








