१७ बैशाख २०८१, सोमबार

माल्टा किसानद्वारा सरकारको बिरोधः ‘किसानको ख्याल नगरे तपाई भोकै मर्नुहुन्छ’

प्रकाशित मिति :  16 February, 2024 9:24 am


काठमाडौँ । माल्टाका किसानले सरकारबिरुद्ध बिरोधका नयाँ कार्यक्रम सुरू गरेका छन् । बिहीवार राष्ट्रिय झण्डासहित हाम्रो ख्याल राख्नुहोस् नत्र तपाईं भोकै मर्नुहुन्छ, किसानहरू मरेका छन् लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका हुन् ।

जर्मनी, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, पोल्याण्ड, बुल्गेरिया, ग्रीस र रोमानिया लगायत धेरै युरोपेली देशहरूमा विगतका हप्ताहरूमा यस्तै प्रदर्शनहरू भएका थिए ।

बिरोधमा रहेका किसान ठूलो मात्रामा जलवायु परिवर्तन न्युनिकरण र कृषिमा वातावरण संरक्षणमा कडा ईयू नियमहरूको बिरुद्धमा छन् । यी नियमले आफ्नो जीविकोपार्जनलाई जोखिममा पार्ने बताए । त्यस्ता नियमहरूले युरोपेली किसानहरूको लागि लागत बढाउने र उनीहरूको उत्पादनलाई महँगो बनाउने उनीहरूको भनाइ छ ।

बिरोधपछि सरकारले गत हप्ता किसानहरूलाई २०३० सम्ममा किटनाशकहरूको प्रयोग आधा गर्ने योजना फिर्ता लिनेसहित केही आंशिक छुटहरू दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !