१७ बैशाख २०८१, सोमबार

विप्लव नेतृत्व नेकपाका प्रचार विभाग प्रमुख अनिल शर्मा पक्राउ

प्रकाशित मिति :  5 May, 2020 2:23 pm


काठमाण्डौं, २३ वैशाख ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा (विरही)पक्राउ परेका छन्।

प्रहरीको विशेष टोलीले उनलाई चितवनबाट पक्राउ गरेको हो । प्रहरीले शर्मालाई चितवनबाट पक्राउ गरेको पुष्टि गरेको छ । विरही विप्लव नेतृत्व नेकपाको केन्द्रीय प्रकाशन विभाग प्रमुख समेत हुन्।

स्वास्थ्यमा समस्या देखिएपछि शर्मा चितवनको भरतपुरस्थित पुरानो मेडिकल केलजमा भर्ना भएका थिए । शर्मालाई अस्पतालबाटै पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिएका छन् ।

रमेश रिमालको नाममा शर्मा विरामी पुर्जी लिएर अस्पतालमा भर्ना भएको खुलेको छ । उनी लामो समयदेखि मधुमेहका विरामी थिए ।

यसअघि उनी यसअघि पार्टी पोलिटब्यूरो सदस्य र पूर्वी कमाण्ड इन्चार्जको जिम्मेवारीमा थिए। पोलिटब्यूरो विघटना भएपछि केन्द्रीय सदस्य एवं पार्टीको प्रकाशन विभागको जिम्मेवारीमा थिए।

सम्बन्धित समाचार:

विप्लव नेतृत्व नेकपाका इलाम जिल्ला इन्चार्जसहित ३ जना पक्राउ



प्रतिक्रिया दिनुहोस !