५ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्रीसँग मेरो कुनै विवाद छैनः अर्थमन्त्री महत

प्रकाशित मिति :  16 February, 2024 1:22 pm


काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुनै विवाद नभएको दाबी गरेका छन् ।

शुक्रवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयाजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो दाबी गरेका हुन् । उनले केही सञ्चार माध्यममा प्रधानमन्त्रीसँग छलफल नगरी अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दा विवाद बढेको भन्ने आएपनि त्यस्तो कुनै विवाद नरहेको बताए ।

उनले प्रधानमन्त्रीसँग आफ्नो हेरक विषयमा निरन्तर रूपमा संवाद भइरहेको जानकारी दिए । उनले प्रधानमन्त्रीसँग केही विषयमा फरक मत हुनु स्वभाविक भएको बताउँदै अर्थ मन्त्रालयले प्रधानमन्त्रीसँगको छलफल र निर्देशनका आधारमा काम गरिरहेको उल्लेख गरे । उनले संसद्ले पारित गरेको बजेट अर्थ मन्त्रालयले घटाउन वा कटौती गर्न नसक्ने समेत बताएका छन् ।

अर्थमन्त्री महतले अर्थमन्त्रालयले बजेट कटौती वा आकार नघटाएको भन्दै आम्दानी र खर्चको अनुमानित मात्रै गरेको बताएका छन् ।

उनले सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेकामा मन्त्रालयले अर्धवार्षिक मूल्यांकन गरी १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुनसक्ने संशोधित लक्ष्य राखेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !