१७ बैशाख २०८१, सोमबार

टर्की सुन खानी पहिरो प्रकरणः ८ जना पक्राउ

प्रकाशित मिति :  16 February, 2024 1:26 pm


काठमाडौँ । पूर्वी टर्कीको सुन खानीमा पहिरो जानमा जिम्मेवार भएको आशंमा ८ जनालाई पक्राउ गरिएको छ । एर्जिन्कान प्रान्तको इलिक जिल्लाको सुन खानीको डम्प–लिचिङ क्षेत्रमा मंगलवार पहिरो गएको थियो ।

सो पहिरोमा ९ जना कामदारहरू बेपत्ता भएका छन् । सो आरोपमा बुधवार ७ र बिहीवार एक गरी आठ जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका संदिग्धहरूमा कम्पनीका व्यवस्थापकीय र प्रशासनिक पदमा रहेका कर्मचारीहरू पनि रहेका छन् । कोप्लर सुन खानी क्षेत्रमा भूमिगत फसेका मजदुरहरुको खोजी तथा उद्धार कार्य जारी छ ।

टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले पहिरोमा फसेका कामदारहरू खानीबाट निकालिएको, माटोको ढिस्को समावेश भएको १० मिलियन घन मिटरको आयतन मुनि रहेको र उक्त माटो करिव ८०० मिटर सरेको बताए ।



प्रतिक्रिया दिनुहोस !