५ जेष्ठ २०८१, शनिबार

कृषक महासंघमा वर्तमान र संस्थापक अध्यक्षबिच टकराब, कसको पल्ला भारी ?

प्रकाशित मिति :  17 February, 2024 5:47 am


काठमाडौँ । राष्ट्रिय कृषक समूह महासंघको आसन्न अधिवेशनमा नेतृत्व परिवर्तनको विषयले साना किसानहरूबिच बहस चर्किएको छ ।

अधिवेशनमा चुनाव कसले जित्ने भन्दा पनि कसलाई जिताउने भन्ने चर्चा बढी चल्न थालेको देखिन्छ ।

वर्तमान अध्यक्ष नवराज बस्नेतले नेतृत्वमा दोहोरिने इच्छा गरेको एकथरी सदस्यको भनाइ छ भने संस्थापक अध्यक्ष उद्धव अधिकारीलाई पुनः ल्याउने अर्को समूह पनि जोडतोडले लागेको छ ।

अधिकारीले दश वर्ष नेतृत्व गरेर महासंघकाको साख बढाएको तर पछिल्लो नेतृत्वले महासंघको साख जोगाउनुको साटो दातृ निकायलाई फकाउने र डलर झार्ने खेल गरेकाे भन्दै एउटा समूह अधिकारलाई नै ल्याउनुपर्ने उनको लविङ समूहको भनाइ छ ।

अधिकारीलाई ल्याउन नहुने गरी सुटुक्क विधान संशोधन गरिएको चर्चा पनि महासंघ भित्र चुलिएको छ । स्रोतका अनुसार महासंघले उक्त विद्यानलाई पुन संशोधन गरेर एक कार्यकालभन्दा धेरै अध्यक्ष हुन नपाउने विषयलाई सच्चाएर हाल अध्यक्षमा रहेका बस्नेत समेत अध्यक्ष आउने रणनीति खेलेका छन् । बस्नेत आफू नहुने अवस्थामा संस्थापक अध्यक्ष उद्धव अधिकारीलाई समेत चुनावी मैदानमा आउन नदिने रणनीतिमा लागेको स्राेतले जनाएकाे छ ।

महासंघका एक पदाधिकारीले भने, “महासंघका अध्यक्ष नवराज बस्नेतले पंचकाजी र रिता दुवै विवादित भएको र विधान संशाेधन गरेर अध्यक्षको कार्यकाल खोल्नु पर्छ भनेर लबिङ गरिरहनु भएको छ । तर यसका लागि बागमती प्रदेश अधिवेशनले अनुमोदन गरेको उद्धव अधिकारीको महाधिवेशन प्रतिनिधि खारेज हुनुपर्छ।”

उसाे त अधिकारी संस्थापक अध्यक्ष भएकाे बेलामा संस्थाकाे साख जोगाउनेदेखि साना किसानकाे समस्यालाई सरकार माझ स्थापित गराएर समाधान गर्ने गरेकाे तर पछिल्लाे समय संस्थाले किसानकाे समस्यालाई वेवास्ता गरेर आफ्नाे व्यक्तिगत हितकाे लागि संस्थाकाे प्रयाेग गरेकाे साेही पदाधिकारीले बताए ।

यसबिच संस्थाकाे अध्यक्षको रूपमा रीता बस्ताकोटी र वर्तमान अध्यक्षको उम्मेदवारको रूपमा पंचकाजी श्रेष्ठको चर्चा पनि चलेको छ ।



प्रतिक्रिया दिनुहोस !