३ जेष्ठ २०८१, बिहिबार

उपप्रधान एवं रक्षामन्त्री पोखरेलसँग राष्ट्रसङ्घीय प्रतिनिधिको भेटवार्ता

प्रकाशित मिति :  5 May, 2020 4:57 pm


काठमाण्डौं, २३ वैशाख । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग नेपालस्थित आज संयुक्त राष्ट्रसङ्घका संयोजक भ्यालेरी जुलियाण्ड र विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि जोश भ्याण्डेलारले शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा अवसरमा नेपाल सरकारले कोरोना रोकथाम र नियन्त्रणमा हाल जारी राखेको पहल र स्थितिबारे छलफल भएको रक्षा मन्त्रालयका सहप्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए ।

राष्ट्रसङ्घीय प्रतिनिधिहरुले सीमित स्रोत साधनका बीच नेपालले कोरोना रोकथाममा चालेका कदमहरु प्रशंसनीय रहेको र अन्य आवश्यक सहयोग परेमा उपलब्ध गराउने विश्वास व्यक्त गरेका थिए ।

उनीहरुले क्वारेन्टाइनमा रहेका महिला र बालबालिकालाई विशेष ढङ्गले व्यवहार गर्नाका साथै बन्दाबन्दीको अवधिका बारेमा निर्णय गर्दा एकैपटक खुला गर्ने नभई समग्र परिस्थिति विचार गरी क्रमशः गर्नसमेत सुझाव दिनुभएको आचार्यले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !