१७ बैशाख २०८१, सोमबार

फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्छः भुवन केसी

प्रकाशित मिति :  20 February, 2024 8:24 am


काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने बताएका छन्

आईतवारबाट मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सोमवार मकवानपुरमा बोल्दै केसीले नेपाली फिल्मबाट नै नेपालका मनमोहक दृश्यहरुलाई विश्वसामु देखाउन सक्नुपर्ने बताए।

उनले मुस्ताङ, मनाङ लगायतका स्थानमा नेपाली चलचित्र कैद गरेर प्रदर्शन गर्दा आन्तरिक र वाह्य पयर्टकहरु बढाएको बताए।

नेपाली चलचित्रलाई विश्वमाझ पु¥याउने चुनौति अबका दिनमा नेपाली चलचित्रकर्मीहरुसँग रहेको बताए। विदेशी दर्शकलाई पनि टार्गेट गरेर आगामी दिनमा चलचित्र निर्माण गर्नुपर्ने उनको जोड छ ।

कार्यक्रममा अभिनेत्री केकी अधिकारीले सिनेमा पर्यटनलाई विशेष जोड दिन आवश्यक रहेको चर्चा गर्दै उनले सिनेमामा नेपाली सौन्दर्यताहरुर कैद गरेर ति दृश्यहरु प्रश्तुत गर्दा आन्तरिक र वाह्य पर्यटकहरु बढेको बताइन्।

उनले नेपालका प्राकृतिक सौन्दर्यतासँगै नेपाली चलचित्रका लागि आन्तरिक सम्भावना भएका ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेकाले स्थानीय तहले नै यसबारेमा बढी ध्यान दिन आवश्यक रहेको बताइन्।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !