१२ श्रावण २०८१, शनिबार

गण्डकी प्रदेशमा बिहानैदेखि हल्का वर्षा हुँदै, यस्तो छ बुधवारको मौसम

प्रकाशित मिति :  21 February, 2024 7:04 am


काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार बुधवार बिहानैदेखि गण्डकी प्रदेशको एक वा दूई स्थानमा हल्का वर्षा भइरहेको छ भने मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।

विभागका अनुसार आगामी २४ घण्टामा मधेश प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !