ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न महानगरको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न निर्देशन दिएको छ।
महानगरपालिकाले एक सूचना जारी गर्दै ललिता निवास क्षेत्रमा रहेका व्यक्ति,कम्पनी तथा संघ संस्था लाई सात दिनभित्र हट्न निर्देशन दिएको हो ।
तोकिएको मितिभित्र नहटेमा प्रचलित कानुन बमोजिम हटाइने र सरकारी जग्गाको संरक्षण गरिने महानगरले जनाएको छ । विशेष अदालतले गत फागुन ३ गते ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिवादी कलाथर देउजासहित १७५ जनालाई दोषि ठहर गरेको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको ले ललिता निवास खाली गराउन महानगरले सक्रियता थालेको हो ।









