६ पुस २०८२, आइतबार

जनता प्रगतिशिल पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टीले सहकार्य गर्ने

प्रकाशित मिति :  21 February, 2024 10:55 am


काठमाडौँ । जनता प्रगतिशिल पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टीबिच सहकार्य गर्ने समझदारी भएको छ ।

दुई पार्टीले पाँच बुँदे सहमति गर्दै सहकार्यका लागि समझदारी गरेका हुन् ।

सहमति अनुसार नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संसोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सदृढिकरण गर्ने, तराई–मधेशका साथै देशभर सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्ने, विद्यमान सबै प्रकारका विभेद अन्त्य गर्ने दुई दलबिच समझदारी भएको छ ।

यस्तै निरन्तर बिग्रदो अर्थतन्त्रमा सुधार तथा देशको कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रिायशील रहने र लाल आयोगको प्रतिवेदन सार्वजनिककरण तथा कार्यन्वयन गराउने दुई दलले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा जनता प्रगतिशिल पार्टी, नेपालका अध्यक्ष ह्रदयश त्रिपाठी र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले हस्ताक्षर गरेका छन् ।

उनीहरुले लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा जनमत पार्टी लगायतका दललाई पनि सहकार्यको अभियामनमा सरिक हुन आव्हान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !