१ पुस २०८२, मंगलबार

काँग्रेस महासमिति बैठकः चार समूह बनाएर छलफल सुरू

प्रकाशित मिति :  21 February, 2024 1:04 pm


काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको महासमिति बैठकमा चार वटा समूह बनाएर छलफल सुरू भएको छ ।

बैठकको तेस्रो दिन आज चार समूहमा विभाजन गरी पाँच वटा प्रतिवेदनमाथि छलफल सुरू भएको हो । काँग्रेसका महासमिति प्रतिनिधिले प्रतिवेदनमाथि बोल्न ५ मिनेटको समय पाउने भएका छन् ।

सोमवारबाट ललितपुरको गोदावरीमा सुरू भएको महासमिति बैठकमा मंगलवार पेस भएका प्रतिवेदनमाथि छलफल भइरहेको हो ।

छलफलका लागि २ हजार २ सय बढी प्रतिनिधिलाई चार समूहमा विभाजन गरिएको हो । बुधवार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले क्रमशः सांगठनिक र समसामयिक, राजनीतिक प्रतिवेदन र काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देशको वर्तमान आर्थिक, अवस्था, सम्भावना र भावी योजना र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !