१ पुस २०८२, मंगलबार

लिङदेनको चेतावनीः राप्रपाका मागलाई उपेक्षा गरे बिद्रोहमा परिणत हुन्छ

प्रकाशित मिति :  21 February, 2024 3:39 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राप्रपाका मागलाई सरकारले उपेक्षा गरे बिद्रोहमा परिणत हुने चेतावनी दिएका छन् ।

बुधवार ४० बुँदे ज्ञापनपत्र सिंहदरबारमा प्रधानमन्त्रीलाई बुझाउँदै जनदबाबका कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले औपचारिक रूपमा जनदबाबका कार्यक्रम बताउँदै ज्ञापन पत्रमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरिएको बताए । उनले देश धेरै नै बिग्रिसकेको बताउँदै अब यही अवस्थामा रहिरहन नसक्ने जिकिर गरे ।

उनले देशलाई नविन सम्झौता गरेर अघि बढाउन आवश्यक रहेको बताए । उनले भने, “अभिभावकीय संस्थाको रूपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्ने राप्रपाकाे माग छ । धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौति गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्छ र बैंकको ब्याज एकल अंकमा झार्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका छौँ । हाम्राे मागप्रति प्रधानमन्त्री सकारात्मक रहेका छन् ।”

अध्यक्ष लिङदेनले ललितानिवास जग्गा प्रकरण, सुन काण्ड, नक्कली भूटानी शरणार्थी प्रकरण, बाइडबडी लगायतका भ्रष्टाचार प्रकरणमा पुनः र पूर्ण छानबिन गर्न माग गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !