१ पुस २०८२, मंगलबार

गठबन्धन सरकारप्रति पार्टीको वृहत असन्तुष्टि छः झलनाथ खनाल

प्रकाशित मिति :  21 February, 2024 4:29 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको वृहत असन्तुष्टि रहेको बताएका छन् ।

बुधवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् । उनले आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको जिकिर गरे । उनले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताउँदै देशले नयाँ कोर्षको माग गरिरहेको बताए ।

उनले देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गरे ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको बताए । खनालले उद्योगबाट आउने राजश्व देशमा वि.सं. १९९५ को भन्दा कम रहेको बताउँदै सो बेलामा नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गरेको भएपनि अहिले ५ प्रतिशत भन्दा कम रहेको जानकारी दिए।

पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरू विदेश पलायन भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !