५ जेष्ठ २०८१, शनिबार

नेपाल ‘ए’ र क्यानडाबिच प्रतिष्पर्धा हुँदै

प्रकाशित मिति :  22 February, 2024 8:51 am


काठमाडौँ । नेपालको ‘ए’ टोलीले बिहीबार क्यानडा–११ सँग तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगिता खेल्दैछ । तीन खेलको शृंखला हाल १–१ को बराबरीमा छ । आजको खेलमा विजयी हुने टोलीले शृंखला आफ्नो पक्षमा पार्नेछ ।

त्यसैले नेपाल र क्यानडा दुबै टोलीले जितको सक्दो प्रयास गर्नेछन् । पहिलो एकदिवसीय खेलमा क्यानडा–११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको थियो । मंगलबार खेलिएको दोस्रो खेलमा भने नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई दुई विकेटले हराएको थियो ।

तेस्रो खेल काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा विहान ९ः३० बजे सुरु हुनेछ । यसअघि नेपाल र क्यानडाको सिनियर टोलीले तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिए । उक्त शृंखलामा नेपाल ३–० ले विजयी भएको थियो ।



प्रतिक्रिया दिनुहोस !